रामेछापमा चाडपर्व लक्षित सुरक्षा योजना लागू,अपरिचित व्यक्तिहरूको निगरानी गर्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय रामेछापले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करी लगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो । चाडपर्वको समयमा कतै […]

महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा रामेछापका एक पुरुष पूर्पक्षका लागि थुनामा

महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा रामेछापका एक पुरुष पूर्पक्षका लागि थुनामा गएका छन । जिल्लाको उमाकुण्ड गाउँपालिकाका एक पुरुषलाई महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा पठाइएको रामेछाप प्रहरीले जानकारी दिएको छ । रामेछाप जिल्ला अदालतले उमाकुण्ड गाउँपालिका–३ का ४७ वर्षिय दिलबहादुर कार्कीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कार्कीले उमाकुण्ड गाउँपालिका–५ उरमाखु पाल्टारकी […]

अपाङ्ग परिचय पत्र वितरणमा भएको चलखेलमा यसो भन्छिन रामेछाप नगरपालिकाका उपप्रमुख कार्की(भिडियो)

रामेछाप नगरपालिकाले अपाङ्ग भएको व्यक्तिलाई वितरण गर्ने परिचयपत्रमा नगरपालिकाको आर्थिक चलखेल देखिएको समाचार केहि समय अघि विभिन्न अनलाईन मिडियाहरुमा आयो । नगरपालिका आफैले बनाएको कार्यविधि विपरित परिचयपत्र वितरण गरेर नगरपालिकाले आर्थिक चलखेल गरेको समाचार बाहिरिएपछि रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यस विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर […]

रामेछापको उमाकुण्ड गाउँपालिका एकीकृत घुम्ती शिविर लिएर गाउँ–गाउँमा

रामेछापको उमाकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत पालिकाबाट प्रवाह हुने सेवा सहित गाउँ–गाउँ पुगेको छ । गाउँपालिकाको केन्द्रबाट प्रवाह हुने विभिन्न सेवा र जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सहितको एकीकृत घुम्ती शिविर लिएर गाउँपालिका बिहीबार देखि गाउँ–गाउँमा पुगेको गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिनुभयो । गाउँपालिकाबाट प्रवाह हुने नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र […]

रामेछापका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना

आउँदै गरेको दसैँतिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुको सहायताका लागि रामेछापको सेलेघाट र मन्थलीको देवकोटा चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । दसैँतिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायत विषयलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना […]

जनता माविका विद्यार्थी बेहोस भएर ढल्न थालेपछी विद्यालय बन्द

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालयले शुक्रबार(आज) एक दिन बिदा दिएको छ । विद्यालयमा अध्यनरत केही विद्यार्थीहरु बिरामी पर्न थालेको भन्दै विद्यालयले बिदा दिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मिन बहादुर कार्कीका अनुसार केही विद्यार्थीहरुमा अचानक स्वास प्रस्वासको समस्या भएर ढल्ने,बेहोस हुने क्रम बढेकाले विद्यालयमा बिदा दिइएको हो । बिहिबार […]

खाँडादेवी मन्दिरको भेटी चोरी गरेको आरोपमा काभ्रेका युवक पक्राउ

रामेछापको खाँडादेवी मन्दिरको दान पेटिकमा राखिएको भेटी चोरी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । रामेछापको ऐतिहासिक एवं धार्मिक स्थल खाडाँदेवी मन्दिरको ढोका फुटाएर मन्दिरभित्र राखीएको दुई वटा दान पेटिकामा रहेको भेटी चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोकको खानिखोला गाउपालिका–७ घर भएका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका खुलालले बिहिबार (आज) बिहान करिब […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा हरेक बिहिबार हाट लाग्छ । यो जिल्लाकै पुरानो र ऐतिहासिक हाट हो । धेरै ठाउँमा हाट लाग्नै छोडिसकेको भएपनि रामेछाप बजारमा अझै पनि निकै भिडभाडका साथ हाट लाग्ने गर्छ । दशैँ नजिकिएसँगै विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड थियो । बजारमा विशेषगरी लत्ताकपडा र […]

रामेछापमा सवारी साधनको पार्टपुर्जा चोरी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापमा ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा मन्थली नगरपालिका–१ सापमारेका २० वर्षीय प्रदिप भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रदीप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश […]

संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रामेछाप नगरपालिकाका कर्मचारीहरुको विरोध

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रामेछापको रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीले मंगलबार (आज) विरोध जनाएका छन । सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखेर उनिहरुले रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत […]