घरबास उठन लागेको ऋण सहपाठिले तिरी दिए

६ बर्ष अघि मृत्यु भएका रामेछाप जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका छन । विकले २०७२ सालमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट घरजग्गा धितो राखेर ५० हजार रुपैँया ऋण लिएका थिए । ऋण लिएकै केही […]

बिटार पार्क १९ लाखका थप नयाँ संरचना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ मा रहेको बिटार पार्कमा १९ लाख भन्दा बढिको नयाँ संरचना थपिएका छन । नयाँ संरचनाले पार्कमा थप सुन्दरता बडाएको छ । पार्कमा नयाँ संरचना निर्माणका लागि प्रदेश सरकारले डिभिजन बन कार्यालय रामेछाप मार्फत १९ लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटको दायरामा रहेर संरचना निर्माण कार्य सम्पन्न गरेको पार्क […]

रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीको माग

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान गर्न स्थानिय र प्रहरीले माग गरेका छन । रामेछाप नगरपालिकाको के्रन्द्र समेत रहेको रामेछाप बजारमा सिसी क्यामेरा जडान नहुँदा विभिन्न समस्याहरु हुने गरेको छ । रातको समयमा चोरी तथा डकैतीका घटनाहरु भैहाले चोर पक्ता लगाउन निकै समस्या हुने भन्दै नगरपालिकाले छिटोभन्दा छिटो सिसी क्यामेरा […]

गठबन्धन सरकारको जनतालाई महँगीको उपहार

गठबन्धनको सरकारले नेपाली जनतालाई राहत दिन्छौँ भन्दै सरकारमा आएको छोटो समयमै जनतालाई महँगीको उपहार दिएको छ । गठबन्धनको सरकारले विभिन्न बहानामा इन्धनको भाउ बढाएर हैरान बनाएको छ । अहिले सरकारले इन्धनको मूल्यमा नयाँ कीर्तिमान नै कायम गरेको छ । इन्धनको मूल्य वृद्दिको कारण अहिले बजारमा हरेक सामानको भाउ आकाशिएको छ । यस्तो विषम परिस्थितिमा पनि […]

अमन बुढाथोकीले जन्मदिनमा खुवाए गरीब दुःखीलाई खाना

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ सानीमदौमा माता मन्दिरा बुढाथोकी र पिता शम्भु बुढाथोकीको कोखबाट दोश्रो सन्तानको रुपमा २०५४ साल असार १० गते जन्मिएका अमन बुढाथोकीले उनको जन्मोत्सको अवसरमा असार १० गते मन्थली देखी काठमाडौं गएर काठमाडौंको चिसो सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी गरीब अशक्त तथा असहाय भएका सयौं मानिसहरुलाई रातको एक […]

रामेछापको ८ वटै स्थानिय तहको आ.ब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट सार्वजनि गरेका छन । सबै पालिकाले निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएका छन । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख […]

लिखु तामाकोसी गाउँपालिकाको आब २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति तथा कार्यक्रममा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिइएको छ । पालिकाले ८३ करोड ३४ लाख बराबरको बजेट गाँउसभामा प्रस्तुत गरेको  छ । निति तथा कार्यक्रममा हलेदेदेखी धोवी बजारसम्नको सडक कालोपत्रे गर्ने,खोलानालाहरुमा कल्भर्ड निर्माण,गौरवका ठुला आयोजनाहरु निर्माण […]

रामेछाप नगरपालिकाको आब २०७९/८० को निति,कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वस्थ्य,कृषि,सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले  ११ औं नगर सभामा निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । आज प्रस्तुत निति,कार्यक्रममा पर्यटकको रहर : फुलै फुलको सहर,रामेछाप बासीको […]

यस्तो छ गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम

रामेछापको गोकुलगंगा गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम :  नेपालको संविधान २०७२ जारी भए पश्चात भएको मिति २०७९ बैशाख ३० गतेको दोस्रो स्थानीय तहको निर्वाचनबाट हामी निर्वाचित भएर आएका छौ । हामिले निर्वाचनमा भाग लिई रहँदा जनताको माँझमा बिभिन्न प्रतिबद्धताहरु जाहेर गरेको कुरा यहाँहरु सबैमा जगजाहेरनै छ । यसका साथै हामी यसै स्थानमा […]

रामेछाप बाबियाखर्कमा अटो र मोटरसाइकल ठोक्कियो

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा अटो र मोटरसाइकल एकअपसमा ठोक्किएर दुर्घटना भएको छ । आज साँझ  सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा आउँदै गरेको प्रदेस २ ०४००१ ह ००१३ नम्बरको अटो र रामेछाप डाँडाबाट बाबियाखर्क जाँदै गरेको बागमती प्रदेश ०२ ०२१ प ८४८९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रामेछाप […]