गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो । कार्यालय अभिलेखमा विगतका […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो । भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु […]

रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको […]

रामेछाप नगरपालिकाको आव २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७८/०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । सुचना अधिकारी थापाले आर्थिक बर्ष […]

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारी अभाव, काम प्रभावित

कृषि ज्ञान केन्द्र रामेछापमा कर्मचारीको अभावले काम प्रभावित भएको छ । कर्मचारीको कमिका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछापलाई दोलखा जिल्लाको समेत जिम्मेवारी दिइएको छ । केन्द्रमा १० जना अधिकृतको दरबन्दी हो । कार्यालय प्रमुखसहित अहिले ६ जना मात्र छन् । अन्य अधिकृत नहुँदा […]

सुकाजोरको लागी आईपुग्यो एम्बुलेन्स,बिरामीलाई हुने भयो सहज

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको छ । वडा नं ७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीको पहलमा सुकाजोरको लागी एम्बुलेन्स आईपुगेको हो । सुकाजोर स्वास्थ्य चौकीको नाममा भारत सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त भएको वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । वडाका लागी एम्बुलेन्स प्राप्त भएसँगै अब के कसरी सन्चालन […]

रामेछाप नगर उद्योग वाणिज्य संघले मनायो ७ औँ स्थापना दिवस

रामेछाप नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय रामेछाप बजारमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीको प्रमुख आतिथ्यता र रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा विभिन्न कार्यक्रमहरु भएका […]

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिए

जिल्ला अस्पताल रामेछाप परिसरमा विभिन्न जातका फलफुलका बिरुवा रोपिएको छ । अस्पताल परिसरमा लिचि,कागती,अम्बा,टिमुर र लौठ सल्लाका बिरुवाहरु रोपिएको अस्पताल विकास समितीका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । डिभिजन वन कार्यलय रामेछापबाट प्राप्त भएका ति फलफूलका विरुवाहरु रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामकृष्ण के.सी,रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,गोरख गणका गणपति […]

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै

रामेछापमा रोपाईँका क्रममा गाइने बाली गीतको चलन कम हुँदै गएको छ । असारे भाका नेपालको विभिन्न भेगमा आ–आफ्नै शैलीले गाउने गरिएको छ । रामेछापमा भने पञ्चेबाजाको लयमा असारे गीत गाउने गरिन्थ्यो । वर्षभरी खाने अन्नको जोहो हुने भएकाले किसानहरू रोपाईँलाई पर्वकै रुपमा मनाउने गर्थे । तर रोपाईँमा गाइने यस्ता गीतको चलन हराउँदै गएको छ । […]