वनमा आगो लगाउने रामेछाप कात्तिकेटाेलका ७० वर्षीय वृद्ध पक्राउ

वनमा आगो लगाउने रामेछाप कात्तिकेटाेलका ७० वर्षीय वृद्ध पक्राउ

वनमा आगाे लगाउदै हिड्ने एक वृद्धलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । वनमा आगाे लगाउदै गरेकाे अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ कात्तिकेटाेल बस्ने ७० वर्षीय अमरबहादुर मगर पक्राउ परेका हुन ।

गत शुक्रबार अपरान्ह ४ बजेतिर साेही ठाउँको कात्तिके सामुदायिक वनमा आगाे लगाउदै गरेको अवस्थामा वनका उपभोक्ता समितिका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार प्रकाउ परेका मगरलाई डिभिजन वन कार्यालय रामेछापबाट ५ दिनकाे अनुमति लिएर घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि पनि वनमा आगो लगाउँदै हिड्ने रामेछाप नगरपालिका वडा नं ३ साँघुटारका सुवास महत र लिखु तामाकोसी गाउँपालिका वडा नं ३ का अशाेक महत पक्राउ परिसकेका छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार