रामेछाप नगरपालिकालाई वार्षिक नीति, कार्यक्रम र बजेट बनाउन पत्रकारले दिए विभिन्न सुझाव

रामेछाप नगरपालिकालाई वार्षिक नीति, कार्यक्रम र बजेट बनाउन पत्रकारले दिए विभिन्न सुझाव

रामेछाप नगरपालिकालाई जिल्लामा रहेका पत्रकारहरुले विभिन्न सुझावहरु दिएका छन । बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारहरुसँग नगरपालिकाले सुझाव लिएको हो । जिल्लामा पहिलो पटक नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको हो । जिल्लामा रहेका रेडियो,पत्रिका र अनलाईन संचार माध्यममा क्रियासिल पत्रकारहरुले नगरपालिकालाई विभिन्न सुझावहरु दिएका छन ।

कार्यक्रममा पत्रकारहरुले नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,भौतिक पुर्वाधार, रोजगार प्रवद्र्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम संचालन गर्न सुझाव दिएका छन । उनिहरुले खस्कदो शैक्षिक सुधारका कार्यक्रम ल्याउन समेत नगरलाई आग्रह गरेका हुन ।

बन डडेलोले जिल्लाको सबैभन्दा बढी क्षति भएको स्थानिय तहको रुपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना वनाउन र रैथाने कृषि बालिहरुको संरक्षण गर्न पत्रकारहरुले आग्रह गरेका हुन । पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना वनाउनु पर्ने पत्रकारहरुको भनाई छ ।

सो कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले नगरमा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गर्ने, पर्यटन प्रवद्र्धनका लागि एसियाकै ठुलो बुद्धको मूर्ति स्थापना गर्ने, व्यवसायिक कृषि, लिफ्ट खानेपानी, स्वास्थ्य सेवा र पशु स्वास्थ्य सेवाका लागि विभिन्न कार्यक्रमहरुलाई समेटेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आउने उहाँले बताउनुभयो । आफुहरुको कार्यकालभरी २० किलोमिटर सडक कालोपत्रे गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उप प्रमुख बालकुमारी कार्कीले विगत २ बर्षको अवधिको कुरा गर्दा संचार माध्यममा आएका समाचारहरुमा धेरै त्रुटीहरु भेटिएको वताउनुभयो । उहाँले नगरले गरेका राम्रा कामहरुको प्रचार प्रसार र स्थानीय उत्पादनलाई वजार संग जोड्नका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस तर्फ कलम चलाईदिन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मित्रप्रसाद घिमिरेले पत्रकारले उठाएका सुझावहरुलाई नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गर्ने वताउनु भयो । पत्रकारका जनही भन्दा पनि संस्थागत माग आएमा सहयोग गर्न तयार रहेको वताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकारहरुले सुझाव दिने भन्दा पनि योजना कार्यान्वयनको अवस्थाको पनि निगरानी गरीदिनु पर्ने वताउनुभयो । नगरपालिकाले आर्थिक पारदर्शिता र मितव्यीता अपनाउदै विकास निर्माणमा जिल्लामा नै अग्रणी काम गरेको दावि गर्दै उहाँले अव नगरपालिकाले आर्थिक उपार्जन हुने खालका कार्यक्रम संचालन गर्ने योजना अघी सारेकोले रामेछाप नगरपालिकालाई संचारमाध्यममा ओझेलमा नपारीदिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । जनप्रतिनिधिले गरेका कामको पत्रकारले निगरानी नगरेका कारणले पनि जनप्रतिनिधिले सच्चीने मौका नपाएको अनुभुति भएकाले पत्रकारहरुले हरेक गतिविधिहरुमा घच्घच्याउनु पर्ने वताउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम गरिरेहेको छ । यो पटक नागरीकले महसुस गर्ने खालको कार्यक्रमहरु आउने नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार