रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ स्थित कट्टी भन्ने स्थानमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको हो ।

बुधबार(आज) बिहान घरमै साउन्ड सिस्टम (डेक) बजाउने क्रममा करेन्ट लागेर पाण्डव खुट्टेको मृत्यु भएको वडा अध्यक्ष प्रदीप कुमार तामाङले जानकारी दिनुभया । उहाँका अनुसार बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा ल्याइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार