अब रामेछाप अस्पतालमा डायलाइसिस सेवा नियमित

अब रामेछाप अस्पतालमा डायलाइसिस सेवा नियमित

अब रामेछाप अस्पताल रामेछापले नियमित रुपमा डायलाइसिस सेवा दिने भएको छ । बिहिबार(आज) देखी नियमित रुपमा बिरामीले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालमा यो सेवा सुरु भएको लामो समय भइसकेको भएपनि डायलाइसिस मेसिनमा प्राविधिक समस्या देखापरेको कारण केही समय सेवा अबरुद्ध भएको थियो । अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले नियमित रुपमा सेवा पाउने मे.सु श्रेष्ठले बताउनुभयो ।

रामेछाप अस्पतालमै डायलाइसिस सेवा सञ्चालन भएपछि जिल्लाबाट अन्य स्थानमा डायलाइसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले डायलाइसिस गर्नका लागि अस्पतालका सूचना अधिकारीको सम्पर्क नं ९७६५२०३३८४ मा सम्पर्क गरेर नाम दर्ता गराउन मे.सु श्रेष्ठले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार