नागरीकको जीवनस्तर सुधार्दै जीवन विकास लघुवित्त

नागरीकको जीवनस्तर सुधार्दै जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरीकको जीवनस्तर सुधार गर्ने काम गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले बताउनुभयो । अरु लघुवित्त भन्दा फरक शैलीमा काम गर्दै आएको उहाँले सुनाउनुभयो । रामेछाप नगरपालिका ९ ल्याङ्गल्याङ्गमा भिमसेनस्थान शाखाको आयोजनामा भएको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका मण्डलले संस्थाले पार्दर्शी रुपमा काम गरेको बताउनुभयो ।

उक्त कार्यक्रमको विशेष अथिती समेत रहेका रामेछाप नगरपालिका ९ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठले आफनो वडामा जीवन विकासले निकै राम्रो काम गरेको बताउनुभयो । वडाको सबै टोल बस्तीको हरेक घरहरुमा पुगेर संस्थाले सेवा दिइरहेको भन्दै उहाँले वडाले यो संस्थासँग मिलेर महिला उद्यमशिलता र स्वरोजगारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको सुनाउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नं ८ का कार्यबहाक वडाअध्यक्ष अर्जुन नेवा खडगीले हरेक वित्तीय संस्थाले ऋण लगानी गर्दा वडासँग समन्वय गर्न आग्रह गर्नुभयो । संस्थाहरुले आफु खुशी ऋण लगानी गर्दा धेरै नागरीकहरु समस्यामा परेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार राजन महताराले पछिल्लो समय लघुवित्तहरुलाई नागरीकले हेर्ने दृष्टिकोण नकारात्क रहेको भन्दै जीवन विकासले नकरात्मक भ्रमलाई हटाउने गरी काम गर्नुपर्ने बताउनुभयो । यो लघुवित्त संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वप्रति पनि निकै चासो दिएर विभिन्न कामहरु गर्दै आएको बताउनुभयो । सामाजिक उत्तरदायित्वप्रति थप जिम्मेवार बन्न उहाँले आग्रह समेत गर्नुभयो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका तालिम विभाग प्रमुख रन्जना निरौलाले संस्थाले गरिरहेको काम र वित्तीय साक्षरता सम्बन्धि विभिन्न कुराहरुको बारेमा जानकारी गराउनुभयो । यो संस्थाको आफनै विद्यालय र अस्पताल समेत रहेको उहाँले बताउनुभयो । यस संस्थाले गरिब तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क टयुसन कक्षा संचालन गर्दै आएको निरौलाको भनाई छ । संस्थाले विद्यालयमा पढदै कमाउँदै कक्षा समेत संचालन गर्दै आएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने र उद्यमशिलता विकास सम्बन्धि धेरै कामहरु संस्थाले गरेको तालिम विभाग प्रमुख निरौलाले बताउनुभयो ।

साथै भिमेश्वर आधारभूत विद्यालय ल्याङ्गल्याङ्गका ५ जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई एक वर्षको विद्यालय शुल्क,विद्यालय पोशाक र शैक्षिक सामाग्री संस्थाले उपलब्ध गराउने घोषणा समेत गरेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलको प्रमुख आतिथ्यता र शाखा कार्यालय भिमसेनथानका प्रमुख जीवन कुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा लघुवित्तका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्नुका साथै उत्कृष्ट ऋणी, बचतकर्ता, उद्यमी तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार