बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट स्कुटर चालक रामेछाप घर भएका ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको हो । आज दिउँसो करिब सवा १ बजे कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो […]

७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक

गत बैशाख३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । यो खबर तयार पार्दासम्म ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम आएको छ । अब काठमाडौँ महानगरपालिकासहित ४ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले जीत सुनिश्चित गर्नुभएको छ । बालेनले अहिलेसम्म […]

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा […]

रामेछापको ८ स्थानिय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिए

रामेछापका ८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिएका छन् । जिल्लाका २ नगरपालिकाका प्रमुख र ६ गाउँपालिकाका अध्यक्षले आज पद तथा गोपनियताको सपथ लिएका हुन् । नवनिर्वाचित पालिकाका प्रमुख र अध्यक्षहरूलाई जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले सपथ ग्रहण गराउनुभयो । ८ स्थानीय तह रहेको रामेछापमा उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमालेबाट […]

रामेछापमा नेपाली कांग्रेस पहिलो पार्टी,कुन पालिकामा कसले जिते त ? वडा सहित

रामेछापका सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सकिएको छ । रामेछाप जिल्लामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भएको छ । काँग्रेसले ३ वटा पालिका प्रमुख ४ उप प्रमुख र २४ वटा वडा जितेको छ । दोश्रोमा एमाले रहेको छ । एमालेले ३ प्रमुख ३ उप प्रमुख र २४ वटा वडामा विजयी हासिल गरेको छ । माओवादी […]

रामेछापको खाँडादेवी गाउँपालिकामा ७ वडा सहित एमाले विजयी

रामेछापको खाँडादेवि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ३ सय ५९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धि नेपाली काँग्रेसका नबराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो । […]

रामेछापको दुई नगरपालिका हाँक्ने दुई लब,सम्वृद्ध नगरपालिका बनाउने दुबैको अठोट

रामेछाप जिल्लाको दुई नगरपालिका रामेछाप र मन्थलीमा लबश्री न्योपाने र लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । ८ वटा स्थानिय तह रहेको जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका छन । दुई नगरपालिका मध्ये रामेछाप नगरपालिकाको प्रमुखमा लबश्री न्यौपाने र मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । लबश्री न्यौपाने नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनेर […]

रामेछापको ७ स्थानिय तहको मतपरिणाम सार्वजनिक : मतपरिणाम सहित

रामेछाप जिल्लाको ८ वटा स्थानिय तहमध्ये ७ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम अनुसार ३ वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस,२ वटा पालिकाको प्रमुखमा माओवादी केन्द्र र २ वटा पालिकाको प्रमुखमा एमालेले जितेको छ । गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा […]

रामेछापको दोरम्बा शैलुङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

रामेछापको दोरम्बा शैलुङ गाउॅपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित हुनुभएको छ । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई  झिनो मतान्तरले पराजित गरी विजय हुनुभएको हो । बुधबार राति सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ […]

रामेछापको मन्थली नगरपालिकामा एमालेको जित,कुन वडामा कस्ले जिते ?

रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मन्थलीमा एमालेले जित हाँसिल गरेको हो । नगर प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेत विजयी हुनुभएको छ ।श्रेष्ठले ९ हजार ७१८ मत ल्याउँदा कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगरपालिकाको […]