रामेछाप सुनारपानीको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामेछाप सुनारपानीको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा रहेको जनविजय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लघुवित्त कर्मचारी मन्च रामेछापले शुक्रबार९आज० विद्यालयमा पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सो विद्यालयमा अध्यनरत ५८ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक समाग्रीहरु प्रदान गरिएको लघुवित्त कर्मचारी मन्च रामेछापका अध्यक्ष बद्रि सुवेदीले जानकारी दिनुभयो । सोही वडाका वडाअध्यक्ष नविन कार्की(रबिन) को प्रमुख आतिथ्यतामा शैक्षिक समाग्रीहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

विद्यालयलाई पेन्सिल १२० वटा,इलेजर ५८ वटा,कटर ५८ वटा, कापी २५ दर्जन हस्तान्तरण गरिएको हो । साथै सोही विद्यालयमा अध्यन गर्ने गरिब तथा विपन्न परिवारका ५ जना विद्यार्थीलाई स्कुल ड्रेस ५ थान,चप्पल ५ जोर र झोला ५ वटा समेत वितरण गरिएको सुवेदीले बताउनुभयो ।

पछिल्लो समय रामेछापमा लघुवित्त कर्मचारी मन्चले विभिन्न सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ । जिल्लामा सञ्चालित लघुवित्त संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो दिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार