साँघुटार स्वास्थ्य चौकीलाई रामेछाप नगर अस्पताल बनाउने काम अन्तिम चरणमा

साँघुटार स्वास्थ्य चौकीलाई रामेछाप नगर अस्पताल बनाउने काम अन्तिम चरणमा

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने भएको छ । साँघुटार स्वास्थ्य चौकीलाइ नगर अस्पताल बनाइने प्रक्रिया अन्तिम चरणमा पुगेको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु बहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँको अनसार बाग्मती प्रदेश सरकार सशर्त अनुदान तर्फ एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत विभिन्न पदमा कर्मचारी भर्ना गर्ने काम सकिएको छ । अबको केही दिनमै अस्पतालका लागी आवश्यक सामाग्रीहरु व्यवस्थापन गरेर अस्पताल उद्धघाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

५ वेडको अस्पतालमा डाक्टर सहितको स्वास्थ्यकर्मीहरुले सेवा दिने उहाँको भनाई छ । रामेछाप नगरपालिका वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानका अनुसार साँघुटारमा नगर अस्पताल बनेपछि रामेछापका मात्रै नभएर ओखलढुंगाका नागरीकहरुले पनि सेवा पाउने छन ।

रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारमा जिल्ला अस्पताल भएपनि भौगोलिक रुपमा टाढा रहेका वडा नं १,२,३ र ४ का नागरीकहरु र ओखलढुंगाको लिखु र चम्पादेवीका नागरीकहरुले अहिले पनि साँघुटार स्वास्थ्य चौकीबाटै सेवा लिँदै आएका छन । साँघुटारमा डाक्टरसहितको अस्पताल सुरु हुने खबरले त्यहाँका नागरीकहरुमा खुशी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार