रामेछापमा बाग्मती प्रदेश भित्रका २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

रामेछापमा बाग्मती प्रदेश भित्रका २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश हेटौडाले २० भन्दाबढी पत्रकारलाई मोबाइल पत्रकारिता तालिम दिइएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा ५ दिनसम्म चलेको तालिको आज (शनिबार) समापन गरिएको छ ।

तालिम समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका बाग्मती प्रदेश सभा सदस्य एवं रामेछापका सांसद युवराज चौँलागाईले तालिममा सहभागी पत्रकारहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले सञ्चार रजिष्ट्रारको कार्यालयले यो तालिम रामेछापमा आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यसभन्दा अघि पनि सञ्चार रजिष्ट्रारको कार्यालयले मन्थलीमै रेडियो प्राविधिकहरुका लागी तालिम संचालन गरेको थियो । उक्त कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारहरुलाई दक्ष बनाउन उनिहरुको आवश्यकता अनुसार तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

आगामी दिनहरुमा पनि यस्ता तालिमहरुलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । यहि मंसिर २६ गतेदेखी सुरु भएको तालिममा बाग्मती प्रदेशभरका २० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार