रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ मा विद्युतीय प्रणालीमार्फत हाजिरी

रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ मा विद्युतीय प्रणालीमार्फत हाजिरी

रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ४ ले पालिकाभरीमै पहिलो पटक विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको छ । गाउँपालिकाको कार्यालयमा समेत विद्युतीय हाजिरी नभएको सो पालिकामा वडा नं ४ ले भने विद्युतीय प्रणालीमार्फत हाजिरी गराउन थालेको हो ।

७ वटा वडा रहेको उक्त पालिकामा पहिलो पटक वडा नं ४ मा विद्युतीय हाजिरी उपकरण जडान गरिएको वडाअध्यक्ष दिपक पुलामी मगरले जानकारी दिनुभयो । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले रजिस्टरमा हाजिरी अपडेट गर्नुपर्ने झन्झटबाट मुक्ति पाउन विद्युतीय हाजिरी ल्याइएको उहाँको भनाई छ ।

सबै कर्मचारीको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले विद्युतीय हाजिर मेसिन जोडिएको वडाअध्यक्ष मगरले बताउनुभयो । हाजिरीमा प्रत्येक कर्मचारीहरको नाम, सम्पर्क नम्बर तथा संकेत विद्यतीय उपकरणमै सेट गरेर राखिएको छ । पालिकामै पहिलो पटक कर्मचारीको फिंगर प्रिन्टका आधारमा हाजिरी अपडेट गर्ने प्रविधि भित्राउन पाउँदा खुशी लागेको वडाअध्यक्ष पुलामी मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार