रामेछाप होदिलमा भिरबाट लडेर पूर्व शिक्षक खड्काको मृत्यु

रामेछाप होदिलमा भिरबाट लडेर पूर्व शिक्षक खड्काको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ होदिलमा भिरबाट लडेर एक पूर्व शिक्षकको मृत्यु भएको छ । शनिबार दिउँसो अन्दाजी ३ बजेको समयमा जंगलमा बाख्रा चराउन गएका अन्दाजी वर्ष ६१ का श्याम कुमार खड्काको भिरबाट लडेर ज्यान गएको हो ।

जनसक्रिय आ. वि. होदिलका पूर्व प्र. अ. समेत रहेका खड्काको भिरखर्क सामुदायिक वनको भिरबाट लडेर ज्यान गएको हो।

प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौँलागाईका अनुसार मृतकको शब भिरबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार