सुकाजोर रजयछापका आगलागी पीडितलाई रामेछाप नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीहरुले सहयोग गर्ने भएका छन । नगरपालिकामा कार्यरत सबै कर्मचारीहरुले एक दिनको तलब आगलागी पीडितलाई सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो । सबै कर्मचारीहरुको एक दिनको तलब एक लाख ४० हजार रुपैयाँ […]

गौरीशंकर माविले बस सेवा सुरू गर्दै,विद्यालयमा आईपुग्यो बस

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यालय बस सेवा सुरू गर्ने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन विद्यालय बस सन्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुर्ण मगरले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्दै टाढाटाढाका विद्यार्थीहरुको सहजताका लागी बस सेवाले टेवा पुग्ने उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक […]

सुकाजोर रजयछापका आगलागी पीडितलाई नगद ५० हजारसहित चामल र डस्ना सहयोग

शनिबार दिउँसो आगलागीबाट घरबिहिन बनेका रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर रजयछापका ११ घरपरिवारलाई रामेछाप नगरपालिका वडा नं ७ का स्थानिय धु्रव बस्नेत र झलक बस्नेत(दाजुभाई)ले संयुक्त रुपमा नगद ५० हजार रकम सहयोग गर्नुभयो । त्यसैगरी पशुपति कपान कटास उद्योगका सन्चालक सरोज आले मगरले आगलागी पीडितलाइ ११ थान डस्ना वितरण गर्नुभयो । त्यसैगरी लिखुतामाकोशी गाउँपालिका […]

रामेछापको रजयछापमा भिषण आगोलागी ११ घर जलेर नष्ट,आगो नियन्त्रणमा लिन समस्या

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । रजयछापका चिरन्जिवी श्रेष्ठ,एकलाल श्रेष्ठ,हिम लाल श्रेष्ठ,भिमलाल श्रेष्ठ, दलबहादुर मगर, ठेकबहादुर मगर, चेत बहादुर मगर, इश्वरीलाल श्रेष्ठ, धनबहादुर श्रेष्ठ,धन ब मगर र शंकरकुमार श्रेष्ठको घर जलेर नष्ट भएको वडाअध्यक्ष समिर कार्कीले जानकारी […]

रामेछापको रजयछापमा भिषण आगोलागी १३ घर जलेर नष्ट

रामेछापको रामेछाप  नगरपालिका वडा नं ७ रजयछापमा भिषण आगोलागी भएको छ । आज दिउँसो रजयछापमा आगोलागी हुँदा १३ घर जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले जानकारी दिनुभयो । स्थानियका अनुसार विद्युत सर्ट भएर एक घरमा आगोलागी भएको र उक्त आगो फैलिएर अन्य घरहरुमा पनि क्षति पुगेको असई चौलागाईले बताउनुभयो । […]

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिए

रामेछापमा दोब्बरभन्दा बढीले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय रामेछापमा म्यादी प्रहरीमा भर्ना हुन १६ सय ७५ जनाले आवेदन दिएका हुन । नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना हुनको लागी आइतबारदेखि शुक्रबारसम्म आवेदन खुला गरेको थियो । यो अवद्यीमा १६ सय ७५ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब […]

रामेछाप सुकाजोरका खड्का चोरी मुद्दामा पक्राउ

चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई ११ वर्षदेखि फरार रहेका रामेछाप ७ सुकाजोरका श्यामकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङका अनुसार खड्कालाई शुक्रबार सुकाजोरको धिपिडाँडाबाट पक्राउ गरिएको हो । उनलाई अदालतले १ महिना ४ दिन कैद र ५२ हजार ५ सय जरिवानाको फैसला सुनाएको थियो । फैसला […]

बलात्कारको आरोपमा रामेछापका एक युवक पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे ईटाभट्टामा काम गर्ने रामेछापको खाडादेवी गाउँपालिका–२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो । ती किशोरीलाई दिनेशले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले […]

युवकमाथि खुकुरी प्रहार गर्ने रामेछाप दुई युवक सहित ५ जना पक्राउ

काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका १९ वर्षीय राजेश बुढाथोकी, दोलखाका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुरठिमीका–२३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोकका २३ वर्षीय प्रविण नेपाल र रामेछापका २७ वर्षीय संजिव मोक्तान रहेका छन् । बुधबार ललितपुरको महालक्ष्मीथान बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८÷९ जनाको […]

रामेछापमा ३२ बर्षिय महिलामाथि बलात्कार,दैलेखका एक पुरुष पक्राउ

रामेछापमा एक महिलामाथि बलात्कार भएको छ । रामेछाप नगरपालिका–८ स्थित कालिआँप भन्ने स्थानमा रहेको बाख्रा फर्ममा एक ३२ बर्षिय महिलामाथि बलात्कार भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । यहि चैत्र ७ गते महिलामाथि बलात्कार भएको हो । प्रहरीले बलात्कारको आरोपमा दैलेख चामुण्डा गाउँपालिका–४ का रुकुम बुढालाई पक्राउ गरेको हो । मन्थली नगरपालिका–१ मा बस्दै आएका […]