नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्न नगर प्रमुख न्यौपानेको आग्रह

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाको विभिन्न संस्कृतिको संरक्षण गर्ने खालका कार्यक्रमहरु सन्चालन गर्न आग्रह गर्नुभयो । रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप नगरपालिका कार्यसमितिको प्रथम साधारण सभा तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै उहाँले रामेछाप नगरपालिका विभिन्न जातिय संस्कृतिहरुको फुलबारी रहेको बताउनुभयो । तामाङ,मगर,हायु,माझी,नेवार,सुनुवार जस्ता विभिन्न जातिहरुको आफ्नै संस्कृति रहेको र त्यो […]

रामेछाप नगरपालिकामा ३६ जनाले गरे रक्तदान

रामेछाप नगरपालिकामा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको समन्वय तथा स्थानिय तह कर्मचारी युनियन नेपाल रामेछाप, रामेछाप बिजनेश एन्ड प्रोफेसनल वमेन रामेछाप, समाज सेवा जागृती महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड रामेछापको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको नेपाल […]

२ बिद्यालयका बिद्यार्थीलाई लायन्स रामेछापको न्यानो कपडा

रामेछाप लायन्स क्लबले गोकुलगङ्गा गाउपालिका २ ठोसेको २ बिद्यालय १ सय बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । बिहिबार ठोसेको सेती देवी आधारभुत बिद्यालय र बुद्ध संसरी देवी आधारभुत बिद्यालयका ५०/५० बिद्यार्थी गरि १ सय जनालाई एक कार्यक्रममा बिच हस्तान्तरण गरिएको छ । लायन्स क्लब ईन्टरनेशनलका पास्ट डिस्टृक गभर्नर शम्भु घिमिरेले बिद्यालयमा नै पुगेर न्यानो […]

जिसस रामेछापको निर्वाचन जेठ २९ गते,काँग्रेस–माओवादी गठबन्धनबाट खड्का र एमालेबाट कँडेलको उम्मेद्वारी दर्ता

रामेछापमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर जाने सहमति भएको छ । आज बसेको कांग्रेस र माओवादीको संयुक्त बैठकले जिससको निर्वाचनमा सहमति गरेर जाने निर्णय गरेको हो । सहमति अनुसार कांग्रेसले जिसस प्रमुखसहित चार सदस्य र माओवादीले उपप्रमुखसहित पाँच सदस्य लिएको छ । कांग्रेस र माओवादीबीच जिससको पदाधिकारी र सदस्यमा […]

रामेछाप जिल्ला समन्वय समिती गठनमा काँग्रेस माओवादी बिच तालमेल

जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उपप्रमुख र सदस्यको लागि दलहरुहले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखमा नेपाली काँग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेप बहादुर (प्रेमसागर) थापाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा तुला प्रसाद […]

शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई विभिन्न सुझावहरु दिएको छ । १६ बुँदे सुझाव सहितको माग पत्र नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ । उक्त सुझाव नगरपालिकाको नीति कार्यक्रम र वार्षिक बजेटमा समेट्न पनि आग्रह गरिएको छ । माग पत्रमा स्वयम […]

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित

फौजी किराको प्रकोप बढेपछि रामेछापका किसान चिन्तित बनेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबारी नै सखाप बनेको छ । जिल्लाका सबैजसो स्थानमा फौजी किराको प्रकोप देखिएको छ । किसानहरू पर्याप्त मात्रामा विषादी नपाएको गुनासो गरेका छन ।

रामेछाप नगरपालिकाका जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण

रामेछाप नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई स्थानीय तहको सेवा प्रवाह र योजना तर्जुमा प्रक्रिया सम्बन्धी प्रशिक्षण दिइएको छ। स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्य र रामेछाप नगरपालिकाको आयोजनामा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा नगरपालिका तथा वडाकार्यालयहरुबाट हुने दैनिक सेवा प्रवाह,वडाले नागरीकहरुलाई सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने कुराहरु,योजना तर्जुमा,योजनाहरुको छनोट,योजनाको कार्यान्वयन,विभिन्न अनुगमनहरु लगायतका बारेमा नयाँ […]

चुनाव जितेका जनप्रतिनिधि बधाई थाप्न मै व्यस्त, विपद पुर्वको तयारी खै ?

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने रामेछापमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न […]

यौन दुर्व्यवहारको आरोपमा होस्टल वार्डेन रामेछापबाट पक्राउ

छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा […]