अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाइँदै तर रामेछापमा खोप अभाव

सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रालगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो । पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले  बताउनुभयो […]

रामेछापमा पनि बढ्यो कोरोना संक्रमण,आज २५ जनामा कोरोना पुष्टि

केही महिना रामेछापमा सुन्य रहेको कोरोना संक्रमण फेरी बढ्न थालेको छ । आज जिल्लामा एकैदिन २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाका अनुसार केहि महिनापछि आज जिल्लामा एकै दिन यति धेरै संक्रमित देखिएका हुन । ८ वटा स्थानिय तह रहेको रामेछापमा अहिले ३८ जना सकृय संक्रमित रहेको प्रमुख खतिवडाले […]

रामेछाप सेवा समाज कतारद्धारा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रामेछाप सेवा समाज कतारले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप सेवा समाज कतारका निवर्तमान उपाध्य यम ब सेन्चुरीको अध्यक्षतामा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम गरिएको हो । उक्त […]

फेसबुकमा नजर : किन बढ्दैछ मेयर र वडाध्यक्षको दुरी ?

सामाजिक संजाल फेसबुकमा मन्थली नगरपालिका–५, सुनारपानीका वडाध्यक्ष रामबहादुर कार्कीलाई पछ्याउनुहुन्छ भने तपाईले बेलाबेला देखिरहनुभएको होला मेयरविरुद्धको सोसल वार । कार्कीको फेसबुक प्रोफाईल स्क्रोल गर्नुभयो भने तपाईले नगरपालिकाका मेयर रमेशकुमार बस्नेतमाथी विभिन्न आरोप लगाएर राखिएका थुप्रै सामग्रीहरु देख्न सक्नुहुन्छ। आफ्ना योजनाहरु नगरपालिकाबाट स्विकृत भएनन् या मेयरले कुनै सार्वजनिक कार्यक्रममा वडाका सवालमा केहि धारणा प्रकट गरेको थाहा […]

चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ उपप्रमुख खड्का

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले ९० प्रतिशत पुरा गरेको बताउनुभयो । दशौँ नगर सभालाई आज सम्बोधन गर्दै उहाँले नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै […]

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]

प्रमुख प्रशासकिय अधिकृत लामगादे सहित राम्रो काम गर्ने २३ जना कर्मचारी सम्मानित

रामेछाप नगरपालिकाले दशौँ नगर सभाको अवसरमा उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको दशौँ नगर सभाको अवसरमा आज प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे सहित २३ जना कर्मचारी सम्मानित भएका हुन । सम्मानित हुनेहरुमा अधिकृतहरु होम ब थापा,मदन सुवेदी,विष्णु ब कार्कीकाजी शेर्पा,हरिभगत श्रेष्ठ,नारायण सुवेदी,कृष्ण ब भुजेल,दिपक कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी […]

हामीले विकासको जग बसाल्यौ : नगर प्रमुख थापा मगर

रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरले नगरपालिकामा सन्तोषजनक रुपमा विकासका कामहरु अगाडी बढेको बताउनुभयो । नगरपालिकाको दशौँ नगर सभालाई आज सम्बोधन गर्दै नगर प्रमुख थापा मगरले भन्नुभयो–“हामी निर्वाचित भएर आएको १÷२ वर्षसम्म त हामीले अलमलमै काम गर्यौँ । त्यो समय त हाम्रो ऐन नियम र कार्यविद्यी बनाउदै गयो ।” “हामीले विकासको जग बसाल्यौँ […]

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको लगभग पाँच वर्षे कार्यकाल(अन्तरवार्ता)

भौगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत,यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन । ९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी […]

आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो ।विद्यार्थीलाई वैकल्पिक […]