रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो । रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु […]

नेपाल विद्यालय कर्मचारी परिषद रामेछाप कार्यसमिती गठन,अध्यक्षमा रमेश तामाङ

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिती रामेछाप गठन गरिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज नेपाल विद्यालय परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि कार्यसमिती गठन गरिएको हो । रमेश तामाङको अध्यक्षतामा गठन भएको कार्यसमिती उपाध्यक्ष महिलामा अमला कुमारी श्रेष्ठ,उपाध्यक्षमा कालुमान तामाङ,सचिवमा मिथुन थापा,कोषाध्यक्षमा सुरज थापा,सहसचिवमा समिना तामाङ,सदस्यहरुमा सन्त बहादुर श्रेष्ठ,ललिता […]

सडक बालबालिकाको मिर्गौला बेच्ने रामेछापका एक सहित पाँच जना पक्राउ

प्रहरीले मृर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा रामेछापका एक सहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको […]

‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा […]

दुःखी गरीबहरुले भगवान् मान्छन रामेछापका प्रदिप घिमिरेलाई

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं। ४ सालुमा मध्यम वर्गीय परिवारमा स्वर्गीय माता पुन कुमारी घिमिरे र पिता गंगा प्रसाद घिमिरेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका प्रदिप घिमिरे अमूल्यको बाल्यवस्था सामान्य थियो । उनीले सामलिस्थानको एक विद्यालयबाट कक्षा कक्षा ४ सम्मको अध्ययन गरेका थिए भने श्री सेतीदेवी माध्यमिक विद्यायबाट कक्षा ८ सम्मको अध्ययन गरे । […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो । कार्यालय अभिलेखमा विगतका […]

भारतमा युवतीलाई बेच्न लैजादै गरेका रामेछापका घिसिङ पक्राउ

एक युवतीलाई भारतमा बेच्न लैजाने क्रममा रामेछापका युवक पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १३ का वर्ष ४२ का बाबु घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । घिसिङले ति युवतीलाई भारत तर्फ बेच्न लैजादै गर्दा विरगन्जबाट पक्राउ गरेको हो । भजपुर घर भएकी २२ वर्षकी ति युवतीलाई घिसिङले महिनाको ६० हजारको जागिर लगाईदिन्छु […]

रामेछाप नगरपालिकाद्धारा ३० जना उत्कृष्ट कृषकलाई सम्मान

रामेछाप नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । आज नगरपालिकाले नगरभरीका ३० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका ३० जना कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिका कृषि शाखाले जानकारी दिएको छ । नगरपालिकाले उत्कृष्ट ३० जना कृषकलाई जनही २० हजार रुपैँया सहित सम्मान पत्र प्रदान गरेको […]