आधा यात्रु राखेर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

धादिङ । लकडाउनका कारण चैत ११ गतेबाट बन्द रहेका सार्वजनिक सवारी आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा आउने भएका छन्।  कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय सरकराले गरेको हो।  कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो […]

बैङ्कमा तरलता बढी थुप्रियो,राष्ट्र बैङ्क भन्छः तान्दैनौँ, लगानी गर्न बाध्य गराउँछौँ

लामो समयदेखि तरलता अभाव (लगानीयोग्य रकम) झेलेका बैङ्कलाई अहिले धेरै तरलता भएर लगानी कहाँ गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । अघिपछि बजारमा लगानी योग्य रकम कम हुँदा प्रवाह गर्ने र बढी हुँदा प्रशोचन गर्ने राष्ट्र बैङ्क अहिले बैङ्कमा थुप्रिएको पैसा नतान्ने पक्षमा छ । कारण बैङ्कहरुलाई लगानी प्रवाहमा बाध्य बनाइनको लागि हो । […]

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् ।

यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले कालो पिलेट गाडीहरुलाई सचालन गर्ने तर्फ सरकारको चासो नदेखिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले सार्वजनिक यातायातलाई राहत समेत ब्यवस्था नगरेको र संचालन गर्ने तर्फ समेत स्पष्ट खाका नआएको भन्दै आक्रोस ब्यक्त गरेका हुन । रातो नम्बर पिलेटका […]

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडाैं ।  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ । आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब […]

नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल […]

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडाैं ।  नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाालाई आधिकारिक भुक्तानी प्रदायकसँग मात्र सहकार्य गर्न निर्देशन दिएको छ ।  जारी परिपत्रमा भनिएको छ–‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाट्नरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन आवश्यक जानकारीका लागि यो सूचना […]

गाडी किन्दा स्किम मात्रै हेरेर हुँदैनः भट्ट

नेपालको अटोमोवाइल्स बजार अहिले स्किमको लहर नै चलेको छ। सामान्यतया दशै तिहारमा आउने स्किम व्यवसायीहरुले अहिल्यै ल्याएका हुन्। कोभिड १९ को महामारीले सिथिल बनाएको अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउन स्किम ल्याइएको व्यवसायीहरुको भनाई छ। नेपालमा लोकप्रिय मध्येको एक हुण्डाईले पनि आफ्ना ग्राहकको लागि विभिन्न योजना ल्याएको छ। लकडाउनको कारण अटोमोवाइल्स क्षेत्रमा परेको असर, कम्पनीको भावी योजना […]

उद्योग वाणिज्य महासंघको महाधिवेशन साउन २६ र २७ गते नै हुन्छ : उपाध्यक्ष ढकाल

काठमाण्ठौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताएका छन् ।