राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण ड्राइभसर्नको काम सुरु हुने भएको छ । सुनकोशी नदीको पानी १३ किलोमिट सुरुङ्गबाट मरिण हुदै वाग्मतिमा मिसाई तराईमा सिंचाईको व्यवस्था मिलाउने गरि आयोजना निर्माण गर्न लागिएको हो । यहि फागुन २० गते उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले आयोजनाको निमार्ण स्थल कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटारमा शिलान्यास गर्नु हुने नेकपा सिन्धुलीका अध्यक्ष प्रदिप कटुवालले बताउनुभयो ।सुनकोसी मरिण ड्राइभर्सन आयोजनाले जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम गरिसकेको छ ।

आयोजना मध्यतराईमा सिंचाई गर्ने र २८ मेघावाट विद्युत उत्पादन हुने गरि निर्माण गरिने आयोजनाका जिल्ला प्रमुख विष्णु केसीले बताउनु भयो ।सरकारको साढे ८ अर्व लगानीमा बन्न लागेको बहुउद्देश्य आयोजनाले सिन्धुली जिल्लालाई विशेष फाइदा पुग्ने सिन्धुलीका वुद्धिजिवी सागर कुमार ढकालको भनाइ छ । सुनकोसी मरिण ड्राइभर्सन आयोजना निमार्ण कार्य सुरु भएको २७ महिना भित्र सम्पन्न गरिसकिने सम्झौता भएको छ । आयोजना मध्यतराईमा सिंचाई गर्ने र २८ मेघावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार