रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि खाँडादेवी गाउँपालिकाले ७५ लाख र बागमती प्रदेश सरकारले डेढ करोड रकम विनियोजन गरेको थियो । एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर निर्माण भएका छन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार