पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गयराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दावी छ ।यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुवरीको मूल्यको आधारमा हिजो नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार