रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो । व्यवसाय गर्न चाहने युवारुलाई नगरपालिकाले सहयोग गर्ने उहाँको भनाई छ । मन्थली स्थित भैँसेश्वर चोकमा होण्डाको सर्भिस तथा बिक्री केन्द्र खुलेको छ । रामेछाप, दोलखा र सिन्धुलीका होण्डा बाइक तथा स्कुटरको प्रयोगकर्ताहरुलाई मध्यनजर सेवा विस्तार गरिएको सेतिदेबी अटोमोबाइल्सका सन्चालक सुदिप थापाले बताउनुभयो । अब मन्थलीमा होण्डाको सोरुम खुलेपछि होण्डा बाइक तथा स्कुटरको प्रयोगकर्ता लाई पार्ट्स लिन र नयाँ खरिदको लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार