सुनको मूल्य १ लाख नाघ्यो

आज नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य आज१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज […]

पर्याप्ता ज्ञानबिनै विषादी प्रयोग गर्छन किसान

केही वर्षयता तरकारी र फलफूलको व्यवसायिक खेति गर्ने किसानाको सङ्ख्या बढेको छ । तीनै तहका सरकारले किसान मैत्री नीति लिएका कारण, कृषिमा व्यवसायिकता बढेको हो । तर उत्पादन बढाउने र धेरै कमाउने लोभमा किसानले तरकारी तथा फलफूलमा जथाभावी विषादी हालिरहेका छन् । भेटेनरी वा एग्रोभेटबाट किनेको विषादी प्राविधिकसँगको सल्लाह बिनै, सिधै खेतबारीमा प्रयोग हुन्छ । […]

४ महिनासम्म बन्द भएका देशभरका होटल आजबाट खुल्दै

लकडाउनका कारण चार महिनासम्म बन्द भएका होटलहरू आजबाट सञ्चालन हुने भएका छन् । सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि होटलसँग आवद्ध सङ्गठनहरूले आजबाट होटल सञ्चालन गर्ने निर्णय गरेका हुन् । काठमाडौँ, पोखरा, सौराहा, नेपालगञ्ज लगायत मुख्य ठूला बजारमा होटल खुल्न थालेका हुन् । क्षेत्रीय होटल सङ्घ […]

रसुवागढीमा राजश्व संकलन लक्ष्यभन्दा कम

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा यस वर्ष लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा कमी आएको छ । कोरोना भाइरस र पहिराका कारण राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा कुल आठ अर्व २७ लाख रुपैया राजश्व […]

निगमले आउँदो हप्ता देखि उद्धार उडान गर्ने

विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुलाई ३१ अर्थात अबको पाँच दिन पछि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । छिट्टै उद्धार उडानको तालिका बनाइने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका […]

सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आईतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० […]

श्रमिकको नयाँ ज्याला दर निर्धारण

नुवाकोटका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूको लागि यस वर्षको दैनिक ज्याला दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि श्रमिकहरूको नयाँ ज्याला दर निर्धारण गरेको हो । श्रमिक सङ्गठन, निर्माण व्यवसायी, नुवाकोट उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित ज्यालादर सूचाङ्क […]

तातोपानी नाकाबाट आयात ठप्प, सडक विभागले चासो नदिँदा सडक मर्मत हुन सकेन

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि नेपाल– चीन व्यापारीक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा […]

वायुसेवा निगमका एक सय ४५ जना कर्मचारी जागिरबाट निस्कासन

कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक संकट बेहोनु परेको भन्दै सरकारी निकायले नै १२ बर्षदेखि करार सेवामा रहेका कर्मचारीलाई जागरिबाट निकालेको छ । नेपाल वायुसेवा निगमले एक सय ४५ जना कर्मचारीलाई जागिरबाट निकालेको हो । कोभिड–१९ को प्रभावले निगमको आम्दानी नभएको भन्दै साउनदेखि करार सेवा थपेको छैन । करारमा रहेका चार सय ७८ कर्मचारीमध्ये […]

यातायात सञ्चालनबारे व्यवसायी र मजदूर एक ठाउँमा, सरकारसँग वार्ता गर्न कार्यदल

काठमाडौं । बन्द अबस्थामा रहेको सार्वजनिक यातायात खोल्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित एक कार्यदल बनेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले त्यस्तो कार्यदल बनाएको हो ।  कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुको तर्फबाट […]