अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सिरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको छ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको उक्त कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको हो ।सुरुमा सिरमले प्रति डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो । तर नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो। कम्पनीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार