रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले चालु आर्थिक वर्षको लागी स्वीकृत नीति तथा कार्यक्रहरु र आगामी दिनमा गर्नुपर्ने महत्वपुर्ण कार्यहरुको बारेमा जानकारी गराउनुभयो ।

नगर सभाले २ वटा विद्येयक र एउटा प्रस्ताव  पारित गरेको छ । नगर सभामा पारित भएका विद्येयकहरुमा रामेछाप नगरपालिकाको पूरक विनियोजन विद्येयक २०७७ , शिक्षा ऐन २०७५ (प्रथम संसोधन) विद्येयक २०७७ र वडा नम्बर ३ को वडा कार्यालयको जग्गा (केन्द्र) निर्धारण प्रस्ताव  पारित भएको छ । यस क्रममा नगरपालिकाले गत बर्ष हासिल गरेको भौतिक तथा वित्तीय प्रगतिको यथार्थ विवरण र चालु आ.व. ०७७र७८ को यस अवधिसम्मको शाखागत रुपमा प्राप्त भएका एक मुष्ठ प्रगति प्रतिवेदन पनि पारित भएको छ । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले यस पटक कोरोना भाईरस रोगका कारणले सोचे जति काम गर्न नसकिएको बताउनुभएको छ । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा धेरै समय र बजेट खर्च भएको कारणले सोचे जति उपलब्धि हासिल गर्न नसकिएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी दुवैको साथ सहयोगले मात्रै सम्वृद्ध नगरपालिका बन्ने बताउनुभयो । नगर सभा कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको उस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार