रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउँदै

रामेछापको रामेछाप नगरपालिकाका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने भएका छन । प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरका २ सय ७ जना बेरोजगारहरुलाई रोजगारी दिन लागिएको प्रधानमन्त्रि रोजगार कार्यक्रम रामेछाप नगरका रोजगार संयोजक देवश्री त्रिपाठीले बताउनुभयो । रामेछाप नगरपालिकाले प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत गत वर्ष ३ सय ३ जनालाई रोजगार दिएको थियो । यस वर्ष २ सय ७ जनालाइ रोजगारा दिने उहाँले बताउनुभयो ।

९ वटा वडाहरु रहेको रामेछाप नगरका विभिन्न वडाहरुबाट ६ सय ८० जना बेरोजगार युवाहरुले रोजगारीको लागी आवेदन दिएका छन । वेरोजगार युवाहरुलाई रोजगार दिनकै लागी भनेर नगरपालिकामा यस वर्ष १ करोड ७ लाख ७ हजार रुपैयाँ बजेट आएको छ । ९ वटै वडालाई प्रति वडा ११ लाख ९० हजार रुपैयाँका दरले बराबर रकम विभाजन गरेर काम गर्न लागिएको रोजगार संयोजक त्रिपाठीले बताउनुभयो ।

हरेक वडाबाट २३÷२३ जना गरी नगरका २ सय ७ जनाले यस वर्ष रोजगारी पाउने छन । सूचीकृत बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तीमा एक सय दिनको न्यूनतम रोजगारी प्रदान गरिँदै आएको छ । यो कार्यक्रममा सहभागी बेरोजगार व्यक्तिले दिनको ८ घण्टा काम गरे वापत ५ सय १७ रुपयौँका दरले एक सय दिनको रोजगारी पाउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार