पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि

नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गयराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका […]

अग्रिम भुक्तानि गरेर भारतबाट थप २० लाख डोज खोप खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतबाट खोप खरिदका लागि बाटो खुला गरेको छ । भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो । हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको […]

मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान दियो

रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो । किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार […]

पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य नघटाए गाडीको भाडा आफैं बढाउने चेतावनी दिएका छन्। सरकारलाई बुझाउनु पर्ने राजश्व, किस्ता, पार्टपुर्जा र लुब्रिकेन्टको शुल्कसमेत बुझाउन नसक्ने अवस्थामा बारम्बार इन्धनको मूल्य बढाउनु उचित नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताउनुभयो । २०६५ साल फागुनदेखि […]

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटायो

सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो । ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१ दशमलब […]

रामेछापमा पहिलो नमूना बस्ती आज समुदायलाई हस्तान्तरण

रामेछाप जिल्लामा पहिलो पटक निर्माण भएको एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्काको माझी गाउँमा निर्माण सम्पन्न एकीकृत नमुना बस्तीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उदघाटन गर्नुभयो । बागमती प्रदेश सरकार र खाँडादेवी गाउँपालिकाको २ करोड २५ लाख लगानीमा एकीकृत नमुनाबस्ती बनेको हो । उक्त बस्ती निर्माणका लागि […]

रामेछापको मन्थलीमा खुल्यो होण्डाको सर्भिस र बिक्री केन्द्र

रामेछापको सरदमुकाम मन्थलीमा सेतिदेबी अटोमोबाइल्स प्रा. लि. ले होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्र सुरु गरेको छ । आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रिवन काटेर होण्डा बाइक तथा स्कुटरको पार्टस् बिक्री तथा मर्मत केन्द्रको उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले युवाहरुलाई व्यवसायमा लाग्न आग्रह गर्नुभयो […]

रामेछाप नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो । नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले […]

रामेछाप नगरपालिकामा ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा पूर्वाधारतर्फका जम्मा दुई वटा मात्रै योजनाको काम सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जम्मा एक सय ९६ वटा पूर्वधारतर्फका आयोजना सञ्चालन गर्ने लक्ष्य राखेको नगरपालिकाले ६ महिनाको अवधिमा दुई वटा आयोजनाको मात्रै काम सम्पन्न गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ बाट दायित्व सरेर […]

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ । चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जून कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बजार अनुगमनका नाममा विगतमा भए गरेका कामको समिक्षा […]