रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ । रामेछाप नगरपालिकाले अव पालिका भित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) तथा विद्यालय कर्मचारी (परिचर) लाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया (तलब भत्ता) उपलब्ध गराउनेछ। […]

सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन । जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता […]

मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

गत वर्ष रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक घर एक पशु विमा कार्यक्रम सन्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत धेरै किसान लाभान्वित भएका छन । नगरपालिकाले सन्चालन गरेको एक घर एक पशु विमा कार्यक्रम मार्फत वडा नं ७ सुकाजोरका किसानले मृत्यु भएका पशुको क्षतिपूर्ति प्राप्त गर्दा धेरै खुशी लागेको बताएका छन । आज वडा नं […]

बुद्ध एयरले २०२३ को प्रारम्भबाटै रामेछाप मन्थली हब बनाएर उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पूर्वका लागि रामेछापको मन्थली, पश्चिमका लागि पोखरा र सुदूरपश्चिमका लागि नेपालगञ्जलाई हब बनाएर दुर्गममा उडान गर्ने भएको छ । कम्पनीले २०२३ को प्रारम्भबाटै दुर्गम भेगमा उडानको योजना बनाइएको भन्दै आइतबार यस्तो जानकारी गराएको हो । सो प्रयोजनका लागि ट्विनअटर जहाज खरिद गर्ने समेत कम्पनीले जनाएको छ । शुरुआतमा चार […]

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो । आ.व २०७८/७९ […]

पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएराति डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने एलपिजीग्याँसको मूल्य पनि प्रति सिलिण्डर ७५ रुपैयाँ बढाएको छ। निगमले गत कात्तिक १२ गते मात्र डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर तीन रुपैयाँ र एलपिजी ग्याँस प्रति सिलिण्डर ५० रुपैयाँ […]

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले […]

सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना डुबान पीडितले मुआब्जा पाएनन्

राष्ट्रिय गौरवको सुनकोसी–मरिण बहुद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट डुबानमा पर्ने भनी दुई वर्षदेखि रोक्का राखेको जग्गाको मुआव्जा नदिएको बताएका छन् । ‘सिन्धुली जिल्लामा जग्गा अधिग्रहण गरी मुआब्जा र क्षतिपूर्ति वितरण भइसक्यो,’ मन्थली नगरपालिका ६ हात्तीटारका बृहस्पति माझीले भने, ‘तर रामेछापतर्फको डुबान हुने जग्गाको मुआब्जा वितरण त परै जावस् निर्धारणसमेत गरीएको छैन ।’ जग्गा अधिग्रहणका लागि झन्डै […]

खाना पकाउने ग्यास सहित इन्धनको मूल्य बढाइयो

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।निगमले गएराति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रूपैयाँ बढेको छ।योसँगै पेट्रोलको मूल्यलिटरको १ सय ३३ रूपैयाँ […]

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो । गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री […]