रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया उपलब्ध गराउनेछ

रामेछाप नगरपालिकाले बढायो विद्यालय कर्मचारी र बाल विकास शिक्षकको तलब

बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया उपलब्ध गराउनेछ

रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

रामेछाप नगरपालिकाले अव पालिका भित्रका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) तथा विद्यालय कर्मचारी (परिचर) लाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ भने लेखापाललाई मासिक १८ हजार रुपैँया (तलब भत्ता) उपलब्ध गराउनेछ।

यसअघि रामेछाप नगरपालिकाले इसीडी शिक्षकको पारिश्रमिक विद्यार्थी संख्या अनुसार तोकेको थियो भने कार्यालय सहयोगीको पारिश्रमिक कक्षा अनुसार तोकेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ बजेटको बुँदा नं.२१६ इसीडी शिक्षकलाई केन्द्रले मासिक ८ हजार रुपैँया उपलब्ध गराउने र स्थानिय तहले सात हजार रूपैयाँ थप गरी मासिक पारिश्रमिक १५ हजार रुपैँया पु¥याउनुपर्ने स्पष्ट व्यवस्था छ ।

तर रामेछाप नगरपालिकाले भने विद्यार्थीसंख्या र कक्षागत रुपमा पारिश्रमिक निर्धारण गरेपछि पालिकाभित्र कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाएका थिए ।

बजेटमा व्यवस्था गरिए अनुसारको पारिश्रमिक उपलब्ध गराउन शिक्षक र कर्मचारीले पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

कर्मचारीहरुको मागलाई सम्बोधन गर्दै नगरपालिकाले बजेटमै व्यवस्था भए अनुसारको तलब भत्ता उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सुचना अधिकारी होम ब थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार