समाजसेवा जागृती महिला बचतको जम्मा कारोबार १ करोड २९ लाख बढी

समाजसेवा जागृती महिला बचतको जम्मा कारोबार १ करोड २९ लाख बढी

समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जम्मा कारोबार १ करोड २९ लाख बढी रहेको संस्थाले १४ औँ वार्षिक साधारण सभाको अवसरमा जानकारी दिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको सो संस्था महिलाहरुले सन्चालन गरेको रामेछाप नगरपालिकाको एक मात्र सहकारी संस्था हो ।

संस्थाको शेयर पुँजि ३ लाख २ हजार एक सय,ऋण लगानी एक करोड २ लाख २४ हजार ५ सय,वचत संकलन ९७ लाख ५७ हजार ६ सय ९७,संचित जगेडा कोष ८२ हजार ७४,ऋण सुरक्षा कोष ८ लाख ८० हजार ४ सय ३३,भाका नाघेको ऋण प्रतिशत ३.२,यस वर्षको खुद बचत ४६ हजार ९२ र संस्थाको जम्मा कारोबार १ करोड २९ लाख १६ हजार ८ सय ६९ रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष लक्ष्मी तामाङको अध्यक्षता,रामेछाप नगरपालिकाका उप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको पत्रकार रिता मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार