सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सबै सेवा गाउँमै पाउँदा नागरीक खुशी

सुकाजोरको टोलटोलमा पुगेर बैङ्किङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भक्ता वितरण

सबै सेवा गाउँमै पाउँदा नागरीक खुशी

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले अहिले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । गत वर्ष नेपाल सरकारले बैङ्किङ्ग प्रणाली मार्फत मात्रै सामाजिक सुरक्षा भक्ता वितरण गर्ने निर्णय गरे अनुसार अहिले सबै स्थानिय तहहरुले बैङ्किङ्ग प्रणाली मार्फत नै समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएका छन ।

जेष्ठ नागरीक,अशक्त,अपाङ्ग लगायतका व्यक्तिहरुलाई भक्ता लिन बैँङ्कमै जानुपर्ने बाध्यता छ । सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको गुनासो गर्ने गरेका छन ।

तर रामेछापको रामेछाप नगरपालिका वडा नं ७ ले जेष्ठ नागरीक,अशक्त,अपाङ्ग,एकल महिला,लोपन्मुख हायु जातिले पाउँदै आएको भक्तो टोलटोलमै पुगेर वितरण गरेको छ । वडाका समाजिक सुरक्षा भक्ता लिँदै आएका नागरीकहरुलाई सहज होस भनेर आफुहरुले लक्ष्मी बैँक मन्थली शाखासँगको सहकार्यमा टोलटोलमै पुगेर समाजिक सुरक्षा भक्ता वितरण गरिरहेको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

वडाको विकट मानिनेँ विर्ता,धनेघाट,मुडाजोर लगायतका सबै टोलमै पुगेर वडाका जनप्रतिनिधी र कर्मचारीहरुले भक्ता वितरण गर्दै आएका छन । शाखा रहित बैङ्किङग सेवा मार्फत लक्ष्मी बैँकसँगको सहकार्यमा टोलटोलमा पुगेर भक्ता वितरण गरेपछि नागरीक पनि खुशी भएका छन । विर्ताका नविन हायुले बैँक खाता खोल्नेदेखी भक्ता लिनेसम्मका सबै सेवा वडाकार्यालय मार्फत गाउँमै पाउनुभयो ।

बैँकमा गएर लाईन बस्नुपर्ने झन्झट, ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले पाउने सास्तीबाट आफुहरु मुक्त भएको उहाँले बताउनुभयो । “गाउँमै सबै सेवा पाउँदा हामी निकै खुशी छौँ । यसरी नागरीकको सेवा गर्ने जनप्रतिनिधी पाउँदा हामीलाई गर्व छ”उहाँले भन्नुभयो ।

विर्ताकै स्थानिय सुजन हायुले पनि वडाकार्यालय पुगेर लिनेपर्ने नागरीकताको सिफारिस टोलमै पाउनुभयो । “यदि हामी सिफारिस लिन वडाकार्यालय जानुपरेको भए ३ घण्टा हिँडेर जानुपर्ने थियो,हामीले भक्ता पनि यहिँ पायौँ,सिफारिस पनि यहिँबाट लियौँ, हामीलाई निकै सजिलो भयो ।”उहाँले दंग हुँदे भन्नुभयो । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले स्थानिय सरकार सन्चालनमा आएदेखी नै वडाको टोलटोलमा गएर समाजिक सुरक्षा भक्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार