रामपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

८ ओैँ अधिबेशनले नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

रामपुर बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

८ ओैँ अधिबेशनले नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर चारघरेमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आप्mनो स्थापनाको २४ ओैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टेक ब श्रेष्ठको अध्यक्षतामा शनिबार एक कार्यक्रमकाविच २४ ओैँ वार्षिक साधारण सभा तथा ८ ओैँ अधिबेशन सम्पन्न भएको हो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन,आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियोे ।

रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल पुँजी दुई करोड सतासी लाख रहेको उक्त कार्यक्रममा जानकारी गराइएको छ । साथै संस्थाको ८ ओैँ अधिबेशनले नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

पदम बहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र सन्त बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्बिरोध सर्वसहमतीले चयन गरेको ईरामेछापका सम्बाददाता रमेश तामाङले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थाका सेयर सदस्य,वचतकर्ता लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार