रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप नगरपालिकाको वार्षिक प्रगती समिक्षा : आ.व २०७७/७८ मा ९१.८० प्रतिशत रकम खर्च

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा जम्मा बजेटको ९१.३२ प्रतिशत रकम खर्च गरेको छ । नगरपालिकाले आज वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो । नगरपालिकाले चालु खर्च तर्फ ९४.३२ प्रतिशत,पुँजिगत खर्च तर्फ ८६.८८ प्रतिशत र समग्रमा ९१.८० प्रतिशत रकम खर्च गरेको लेखा अधिकृत मदन सुवेदीले बताउनुभयो ।

आ.व २०७८/७९ को प्रथम चौमासिक अवद्यिसम्म आईपुग्दा नगरपालिकाले चालु तर्फ २२.११ प्रतिशत,पुँजिगत तर्फ १८.२७ प्रतिशत र जम्मा २०.५९ प्रतिशत रकम खर्च भएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरले नगरपालिकामा सन्तोषजनक रुपमा विकासका कामहरु अगाडी बढेको बताउनुभयो । “हामी निर्वाचित भएर आएको १/२ वर्षसम्म त हामीले अलमलमै काम गरयौँ । त्यो समय त हाम्रो ऐन नियम र कार्यविद्यी बनाउदै गयो ।” उहाँले भन्नुभयो, बल्ल पो नगरमा हामीले गरेको विकासका कामहरु देखिँदै छ ।

“हामीले विकासको जग बसाल्यौँ । अब निर्वाचित भएर आउने जनप्रतिनिधीलाई काम गर्न धेरै सहज हुन्छ । यो पनि हाम्रो एउटा ठुलो उपलब्धी हो ।” नगर प्रमुख थापा मगरले भन्नुभयो ।निकै चुनौतीहरुको सामना गरेर आजको दिनसम्म आईप्ुग्दा नगरपालिकामा समग्र क्षेत्रमा निकै परिवर्तन आएको भन्दै उहाँले रामेछाप नगरपालिका विधि र प्रक्रियाभन्दा बाहिर नहिँडेको बताउनुभयो ।

सोहि कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले पुरा गरेको बताउनुभयो । नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो ।

शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै कारण आफुहरु सफल जनप्रनिनिधी भएको उहाँको भनाई छ । अब केहि महिना मात्रै आफ्ुहरुको कार्यकाल रहेको भन्दै उहाँले यो बाँकी समयमा पनि जनप्रतिनिधी,कर्मचारी सबै मिलेर लाग्न सके धेरै काम गर्न सकिने बताउनुभयो ।

वार्षिक समिक्षा कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले वार्षिक समिक्षा कार्यक्रम के हो ? र यसको महत्वको बारेमा जानकारी गराउनुभयो । उक्त कार्यक्रममा आ.व २०७७/७८ को प्रमुख कार्यक्रमहरु,प्रमुख उपलब्धिहरु,प्रमुख समस्या तथा चुनौतीहरु, वडागत खर्चको अवस्था लगायतको बारेमा नगरपालिकाका योजना तथा अनुगमन शाखाका प्रमुख होम ब थापाले जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा नगरपालिकाका सबै शाखाहरु मार्फत भएका कामहरुको बारेमा सम्बन्धित शाखा प्रमुखहरुले जानकारी गराएका थिए । नगरपालिकाको सभा हलमा आयोजना गरीएको वार्षिक समिक्षा कार्यक्रम नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार