मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

सुकाजोरका १० जना किसानले आफनो क्षति भएको पशुको विमा बराबरको रकम पाए

मृत्यु भएका पशुको क्षतिपूर्ति पाउँदा सुकाजोरका किसान दंग

सुकाजोरका १० जना किसानले आफनो क्षति भएको पशुको विमा बराबरको रकम पाए

गत वर्ष रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले एक घर एक पशु विमा कार्यक्रम सन्चालन गरेको थियो । उक्त कार्यक्रम मार्फत धेरै किसान लाभान्वित भएका छन ।

नगरपालिकाले सन्चालन गरेको एक घर एक पशु विमा कार्यक्रम मार्फत वडा नं ७ सुकाजोरका किसानले मृत्यु भएका पशुको क्षतिपूर्ति प्राप्त गर्दा धेरै खुशी लागेको बताएका छन ।

आज वडा नं ७ वडा कार्यालयमा वडाअध्यक्ष समिर कार्कीले पशु विमा गरेर मृत्यु भएका पशुहरुको क्षतिपूर्ति किसानलाई वितरण गर्नुभयो । सुकाजोरका १० जना किसानले आफनो क्षति भएको पशुको विमा बराबरको रकम प्राप्त गरेका छन ।

पशु मरेर खाल्डोमा हाल्नुपरेपनि विमा वापतको भुक्तानी रकम पाउँदा किसान निकै दंग देखिन्थे । सुकाजोरका स्थानिय पशुपालक किसान चन्द्र कुमारी मगरले केही महिनाअघि मरेको बाख्राको पैसा पाउँदा आफु धेरै खुशि भएको बताउनुभयो ।

वडाअध्यक्ष समिर कार्कीले आफुले पालेका सबै पशुको विमा गर्न किसानहरुलाई आग्रह गर्नुभयो । पशु विमाको कार्यक्रमबाट किसानले ठूलो लाभ लिन सक्ने भन्दै उहाँले पशु मात्रै नभएर किसानले बालि विमा गर्नुपर्नेमा जोड दिनुभयो ।

थोरै रकमबाट हुने विमाबाट क्षति भएपछि दुःखमा ठूलो साहारा मिल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार