रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप नगरपालिकाको दशौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको दशौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा दशौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले प्रस्तुत गर्नुभयो ।

नगर सभामा रामेछाप नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उप प्रमुख सृजना खड्काले आ.व.२०७८÷७९ को पुरक विनियोजन विधेक २०७८ र रामेछाप नगरपालिकाका कर्मचारीहरुको सेवा व्यवस्थापन गर्न बनेको विधेक २०७८ प्रस्तुत गर्नुभयो । सभाले उक्त विधेक पारित गरेको छ । नगरसभा कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,पत्रकार लगायतको उस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार