गोकुलगंगा गाउँपालिकाको दोश्रो चौमासिक अबधिसम्म ५५.९४ प्रतिशत रकम खर्च

रामेछापको गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अवधिसम्म ५५.९४ प्रतिशत रकम खर्च भएको छ । गाउँपालिकामा शनिबार आयोजित चालु आ.व. ०७९/८० को दोस्रो चौमासिक अवधिसम्मको विकास आयोजना तथा कार्यक्रमको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत होम […]

आव २०७९/८० मा रामेछाप नगरपालिकाको प्रगति ५०.४२ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०७९/८० मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो । उहाँले आर्थिक बर्ष २०७९/८० […]

रामेछापका ८ स्थानीयतहको बेरुजू ३७ करोड ७९ लाख,खाँडादेवी गाउँपालिकाको बेरुजू सबैभन्दा बढी

गत आर्थिक वर्ष २०७८/०७९ मा रामेछापका ८ स्थानीयतहको ३७ करोड ७९ लाख रुपैयाँ रकम बेरुजू देखिएको छ । महालेखापरीक्षकको ६०औँ प्रतिवेदनमा रामेछापका ८ स्थानीयतहको बेरुजू रकम ३७ करोड ७९ लाख ७ हजार रुपैयाँ देखिएको हो । यस मध्ये खाँडादेवी गाउँपालिकाको सबैभन्दा बढी बेरुजू देखिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा खाँडादेवी गाउँपालिका बेरुजू रकम ९ […]

रामेछाप मन्थलीमा रामेछाप साँस्कृतिक तथा सडक महोत्सवको रौनक

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नुभयो । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि महोत्सव सुरु भएको हो । महोत्सवले जिल्लामा पर्यटन प्रवर्द्धन गर्न र सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । महोत्सवको पहिलो दिन शुक्रवार […]

रामेछापको विकासका लागी सांसद युवराज चौलागाईले मागे ७ करोड बजेट

बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीसँग विकास योजनाका बारेमा छलफल गर्नुका साथै माग पत्र पेश गर्दै ध्यानाकर्षण समेत गराउनुभयो । सांसद चौलागाईले आर्थिक वर्ष २०८०/८१ […]

रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राजमा धेरै मात्रामा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको राजमा अब ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित देश तथा विदेशका बजारहरुमा पुग्ने भएको छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको काम थालेको छ । सियास र […]

रामेछाप सुनापतीको डम्फु पार्क पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै

रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं ४ बेथान र वडा नं. ३ हिलेदेवीको सङ्गमस्थलमा निर्माण गरिएको डम्फु पार्क अन्तरीक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क पालिकाकै पर्यटकीय गन्तव्यका रूपमा परिचत बन्दै गएको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो । लुभु–बेथान–हिलेदेवी–गाल्वा सडक अन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले आन्तरिक पर्यटकहरू आउनेक्रम […]

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज,थापा र ढुंगेलबिच प्रतिस्पर्धा

रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन आज हुँदै छ । निर्वाचनमा १४ पदका लागि २८ जना उमेद्वार प्रतिस्पर्धामा छन । निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा :  वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको […]

रामेछापमा कृषि अनुदान वितरणमा लापर्वाही, वास्तविक किसान मारमा

अनुदान रकम वितरणमा समस्या हुँदा रामेछापको खाँडादेवी गाउँपालिकाका वास्तविक किसान मर्कामा परेका छन् । बागमती प्रदेश सरकारका तर्फवाट २५ लाख कृषि अनुदान पाएको रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ डफ्काको बाख्रा फार्म अहिले बन्द भएको छ । सित्खा कृषि विकास प्रालीले सञ्चालन गरेको फार्म अनुदान पाए लगत्तै बन्द भएको स्थानीयबासी दीपेन्द्र खत्रीले जानकारी दिनुभयो । […]

रामेछाप उद्योग बाणिज्य संघमा थापा र ढुंगेलको टक्कर,कस्ले मार्ला बाजी ?

रामेछाप उद्योग वाणिज्य संघको यहि फागुन २७ गते हुन लागेको निर्वाचनमा नविन कुमार थापा र नवराज ढुंगेलबिच प्रतिस्पर्धा हुँदै छ । नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायी तथा समावेसी समुहमा वरिष्ठ उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा राम सुदिश शाह, उद्योग तर्फको उपाध्यक्षमा आकाश रिजाल,महासचिबमा कुमार श्रेष्ठ, सचिबमा यज्ञ प्रसाद सुवेदी र […]