रामेछाप बजारमा तिहार लक्षित बजार अनुगमन

रामेछाप बजारमा तिहार लक्षित बजार अनुगमन

नजिकिँदै गरेको तिहारलाई ध्यानमा राखेर रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको अनुगमन गरिएको हो ।

मंगलबार(आज) तिहार पर्वलाई लक्षित गरी बजार क्षेत्रमा रहेका खाद्यान्न,मासु,किराना,कस्मेटिक तथा अन्य विभिन्न पसलहरुको अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबार्डको मुखमा कालोबजारी र अस्वभाविक मूल्यवृद्वि नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र सुपथ बनाउनको लागि बजार अनुगमन गरिएको उहाँको भनाई छ ।

बजार क्षेत्रमा रहेका ३५ भन्दा बढी पसलहरुको अनुगमनको क्रममा केही पसलहरुबाट थोरै मात्रामा उपभोग्य मिति सकिएका खाद्य वस्तु जफत गरिएको छ । उक्त जफत गरिएको समानहरु बुधबार(भोली)नष्ट गरिने नगरपालिका राजश्व,उद्योग तथा सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो ।

केही पसलहरुमा मुल्यसुची नराखिएका,साईन बोर्ड नराखिएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेको पाइएकाले तत्काल ति कुराहरुको सुधार गर्न निर्देश दिइएको श्रेष्ठले बताउनुभयो । आजभोली उपभोक्तासँगै व्यवसायिहरु पनि सचेत भएकाले अनुगमनका क्रममा गम्भिर त्रुटीहरु नभेटिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार