वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

रामेछाप सदरमुकाम मन्थलीमा हुने ११ दिने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार(आज) मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो ।

अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले बताउनुभयो । उहाँको अनुसार पौष २६ गतेदेखि माघ ७ गतेसम्म हुने महोत्सवले जिल्लाभर उत्पादन हुने स्थानीय कृषि उत्पादनहरूको प्रवर्धन गरी खस्किँदै गरेको बजारलाई चलायमान बनाउन सहयोग पु¥याउने छ ।

अहिले रामेछाप उद्योग वाणिज्य सङ्घले महोत्सवको तयारीका लागि विभिन्न १५ वटा उपसमितिहरू निर्माण गरी काम गरिरहेको छ । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान रहेको महोत्सवको ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापा मगरले बताउनुभयो । महोत्सवमा एक सय पचास वटा स्टलहरू रहने छन । यहि पौष २० गतेसम्म स्टलहरू बुकिङ्ग गर्न सकिने छ ।

महोत्सवमा रामेछाप जिल्लास्थित धार्मिक, पर्यटकीय स्थलहरुको अवलोकन गर्दै,तामाकोसी नदीमा व्याफटिङ्को आनन्द लिँदै महोत्सवमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता र बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्था सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा गायन, नृत्य, हास्यव्याङ्ग्य प्रस्तुती हेर्दै स्थानीय खानाका परिकारहरुको स्वाद लिन सकिने छ ।

महोत्सवमा पालिका स्तरीय लोक दोहोरी प्रतियोगिताका साथै सस्तो अनि सुपथ मुल्यमा स्थानीय स्रोत साधनबाट उत्पादित हस्तकला सामग्री,कषि, घरेलु उत्पादनहरुको सामग्री खरिद गर्न सकिने छ । साथै महोत्सवमा विभिन्न जात जातिहरुको पारम्परिक झाँकी प्रदर्शन र साहित्यिक खुराकहरुको बेजोड प्रस्तुति समेत हेर्न पाईने आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत र पर्यटन तथा उद्योगको पूर्वाधार, हाम्रो रामेछाप, राम्रो रामेछाप“ भन्ने मूल नाराका साथ महोत्सव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार