रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई जुनार जोन घोषण गरी कार्यक्रमहरू गरी रहेको छ । जोन क्षेत्रमा मात्रै ५ सय ३० हेक्टरमा जुनार खेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरेले बताउनुभयो । जोन क्षेत्रमा परियोजनाले प्राविधिक सहयोग सिँचाइका लागि सहयोग, रोग तथा किरा नियन्त्रणमा सहयोग र चिस्यान केन्द्र निमार्णमा समेत सहयोग गरेको उहाँले बताउनुभयो ।

हाल रामेछापमा ९ सय हेक्टर भन्दा बढी क्षेत्रमा जुनार खेती हुने गरेको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । यस वर्ष ५० मेक्ट्रिकटन जुनार र सुन्तला उत्पादन भएको छ । उत्पादित जुनार तथा सुन्तलाको होलसेल मूल्य करिब २० करोड भन्दा माथि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ । रामेछापमा २ सय भन्दा बढी व्यावसायिक कृषि फर्म सक्रिय रहेको छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार