वुस्टर डोज खोप दिने सरकारको तयारी

सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने गरी छलफल भईरहेको बताउनुभयो । वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख डोज खोप ल्याउने तयारी […]

प्रचण्डआज दुई दिन एकान्तवासमा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ । ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ […]

एमालेले पराजित नेतालाई स्थायी कमिटीमा समेट्ने

नेकपा एमालेले १० औँ महाधिवेशनमा पराजित नेतालाई व्यवस्थापन गर्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । एमालेको गत मङ्गलबार सम्पन्न दसौँ महाधिवेशनमा नेताहरू भीम रावल, भीम आचार्य, घनश्याम भुसाल लगायतपराजित भएपछि पार्टीमा समावेश गरी अघि बढ्ने भन्ने बारेमा अनौपचारिक छलफल भइरहेको उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभयो । महाधिवेशनबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय कमिटीमा ल्याउन स्वतः उम्मेदवारी […]

काँग्रेसको ४ प्रदेशमा संस्थापन पक्ष हावी, २ प्रदेशमा इतरपक्षको जित

काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६ वटा प्रदेशकोनेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित थापाले ८ सय ४४ मत ल्याउनुभएको छ भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित हुनुभएको छ । घिमिरे २ मतअन्तरले पराजित हुनुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ […]

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपा नेपालको काठमाडौँमा जारी महाधिवेशनबाट नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी हुनुभएको छ ।जम्मा खसेको ३८ सय ६५ मध्ये लिङ्देन १८ सय १७ मत पाएर विजयी हुनुभएको हो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी कमल थापाले १६ सय १७ मत पाउनुभएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोहन श्रेष्ठले बताउनुभयो । लिङ्देनले २ सय मत अन्तरले थापालाई पराजित गर्नुभएको […]

जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् । सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका […]

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो । उमेरले […]

ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई आज रातिदेखि नेपाल प्रवेशमा रोक

सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रु र तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुलाई […]

शतबीज छरी बालाचतुर्दशी पर्व मनाइदै

आज बालाचतुर्दशी पर्व मनाइँदैछ । मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । यसका लागि हिजो बेलुकी अर्थात त्रयोदशीदेखि नै दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन रहेको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । रातभर जाग्राम बसेका भक्तजनले आज बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्नेगर्छन् । यस अवसरमा काठमाडौंको […]

काँग्रेसको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने

नेपाली काँग्रेसले महाधिवेशनकार्यतालिका अनुसार प्रदेशमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । प्र्रदेशमा हिजो उद्घाटन सत्र सुरु भए पनि निर्वाचन प्रक्रिया आजबाट सुरु हुने छ । प्रदेश अधिवेशन प्रभावित नहोस् भन्नका लागि बिभन्न १६ जिल्लाको अधिवेशन स्थगित गरिएको निर्वाचन समितिका सचिव केशव रिजालले बताउनुभयो । काँग्रेसको १६ वटा जिल्लामा अधिवेशन तथा निर्वाचन हुन बाँकी छ । […]