प्रचण्डआज दुई दिन एकान्तवासमा जाँदै

प्रचण्डआज दुई दिन एकान्तवासमा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि दुई दिन एकान्तवासमा जानुहुने भएको छ । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ ।

‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।

’अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ । एकान्तवासमा भए पनि प्रचण्डले प्रदेश सम्मेलन, राष्ट्रिय सम्मलनका लागि अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिनुहुने भएको छ । यही मङ्सिर २५ मा माओवादीको प्रदेश सम्मेलन हुँदैछ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्म्लनको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार