घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई यसरी सम्मान गरेको छ ।

घर–घरमै पुगेर जेष्ठ नागरीक सम्मान, सम्मानित हुन पाउँदा जेष्ठ नागरीक दंग

वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई यसरी सम्मान गरेको छ ।

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाका जेष्ठ नागरीकहरुलाई घर–घरमै पुगेर सम्मान गरेको छ । गत कातिक २९ गते वडा कार्यालयमा जेष्ठ नागरीक सम्मान कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरीकहरुको घरमा पुगेर वडाअध्यक्ष समिर कार्की,वडा सदस्यहरु विल ब थापा,शेर ब मगर सहितको टोलिले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो ।

उमेरले ८८ नाघिसक्नु्भएकी ईन्द्रमाया बस्नेतले वडाअध्यक्ष सहितको टोलिले घरमै आएर सम्मान गर्दा निकै खुशि लागेको बताउनुभयो । उहाँले सम्मान गर्न पुगेको वडाअध्यक्ष सहितको टिमलाई धेरै आशिर्वाद पनि दिनुभयो । जेष्ठ नागरीकहरुलाई दौसल्ला ओढाएर जाडोमा ओढ्ने कमल,बक्तिमा पानी तताउने जग,हर्लिक्स,बिस्कुट सहित सम्मान गरिएको होे ।

वडा नं ७ सुकाजोरले वडाका ७५ जना जेष्ठ नागरीकलाई यसरी सम्मान गरेको छ । वडाका ८० वर्ष नाघेका जेष्ठ नागरीकहरुलाई सबैलाई सम्मान गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार