जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

कोरोनाविरुद्धको खोप अनिवार्य लगाउन सुझाव

जनस्वास्थ्यका मापदण्डलाई जीवनभरका लागि बानी बनाउन चिकित्सकको सुझाव

कोरोनाविरुद्धको खोप अनिवार्य लगाउन सुझाव

चिकित्सकहरूले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ परिवर्तित स्वरुप ओमिक्रोनको जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न सुझाव दिएका छन् ।

सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले कोरोना महामारीको पहिलो र दोस्रो चरणको लहरको क्रममा जसरी स्वास्थ्य सावधानी अपनाइयो त्यसरी नै यसलाई आफ्नो जीवनभर लागु गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपालमा कोरोनाको ओमिक्रोन भित्रिनुमा भारतसँगको खुला सीमानाका प्रमुख कारणमध्येको एक रहेको हुँदा उच्च सतर्कता र सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतमा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन फेला परिसकेको र एकपछि अर्को गर्दै विभिन्न राज्यमा फैलिन थालेकाले खुला सीमा नाकाबाट नेपालमा पनि ओमिक्रोन प्रवेश गर्ने जोखिम उच्च हुँदा सम्बन्धित सबैले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।

हालसम्मको अवस्थालाई हेर्ने हो भने भारतमा कोरोना महामारीले तिव्रता पाएसँगै नेपालमा पनि जोखिम उच्च हुने गरेकोले सर्वसाधारण नागरिक, स्थानीय सरकार र सम्बन्धित सबैले आ–आफ्नो क्षेत्रबाट सावधानी अपनाउने र कडाई गर्नुपर्ने उहाँको भनाइ छ ।

डा.पुनले हालसम्म ओमिक्रोन भाइरस कतिसम्मको खतरनाक छ र यसले कोरोनाविरुद्धको खोपमा कसरी काम गर्छ भन्ने विषयमा ठोस अध्ययन नभइसकेकाले अहिले नै यो भाइरसको विषयमा केही भन्न नसक्ने पनि उल्लेख गर्नुभयो ।

साथै कोरोनाविरुद्धको खोप बनिसकेकाले अनिवार्य खोप लगाउन पनि उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार