कोभिड १९ को सङ्क्रमण भएकालाई छातीसम्बन्धी समस्या धेरै

कोभिड १९ को सङ्क्रमण भएकालाई छातीसम्बन्धी समस्या धेरै

कोभिड १९ को सङ्क्रमण भएका नागरिकलाई चिसोको समयमा छातीसम्बन्धी समस्या धेरै देखिने गरेको पाइएको छ । उनीहरूमा विशेष गरी छातीको सङ्क्रमण देखिने गरेको छाती रोग विशेषज्ञ डा दीर्घसिङ बलमे बताउनुभयो ।

उहाँका अनुसार कोभिडको सङक्रमण भएका वृद्धवृद्धाहरू चिसो मौसममा स्वासप्रश्वाससम्बन्धी समस्या भएको भन्दै जाँचका लागि आउने गरेका छन् ।

चिसो मौसममा स्वासनली साँघुरो हुने भएकाले केही असहज हुने भए पनि यस्तो लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि डा बलमे बताउनुभयो । वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीहरूले चिसोमा आफूलाई जोगाएर राख्नुपर्ने उल्लेख गर्दै उहाँले परिवारका सदस्यले पनि त्यस्ता व्यक्तिहरूको स्याहारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार