चिरञ्जीवी डेरीको शाखा रामेछाप बजारमा खुल्यो

चिरञ्जीवी डेरीको शाखा रामेछाप बजारमा खुल्यो

लामो समयदेखी रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सन्चालमा रहेको चिरञ्जीवी डेरीले रामेछाप बजारमा पनि आफ्नो शाखा सन्चालनमा ल्याएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आज चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रिबन काटेर चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई सहयोग गर्ने बताउनुभयो । गाई,भैँसी पालेर दुध उत्पादन गर्ने किसानहरुलाई नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने उहाँले बताउनुभयो ।

“किसानको गोठ देखी तपाईको ओठसम्म” भन्ने नारा बोकेको चिरञ्जीवी डेरीले जिल्लाका विभिन्न ठाउँहरुमा आफ्नो शाखा विस्तार गरेको उक्त डेरीका सन्चालक भानु श्रेष्ठले बताउनुभयो । जिल्लामा दुध उत्पादन र बजारीकरणको विस्तारमा चिरञ्जीवी डेरीले महत्वपुर्ण भुमिका खेलेको छ । डेरीले गाई,भैँसी पाल्न चाहने कृषकहरुलाई ऋण उपलब्ध गराएर सहयोग गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

रामेछाप नगरपालिकामा गाई,भैँसी पालन गर्ने किसानहरुको संख्या निकै न्युन रहेको र उक्त संख्या बढाउन पनि रामेछाप बजारमा चिरञ्जीवी डेरी तथा सप्लायर्स संचालनमा ल्याइएको डेरीका संचालक श्रेष्ठले बताउनुभयो । डेरी उद्धघाटन कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ,विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजार स्थित क्याम्पस गेट नजिकै खुलेको डेरीमा दुध,दही,घिउ,पनिर,खुवा,छुर्पी,केक,आईसक्रिम लगायत दुधबाट बन्ने विभिन्न चिजवस्तुहरु पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार