खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि सेवा सुरु भएन

खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि सेवा सुरु भएन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भयो । यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि अझै कार्यालयबाट सेवा सुरु भएको छैन ।

वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले खुर्कोेटमा जेट २० गते कार्यालय स्थापना गरेको थियोे । कार्यालयको वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उद्घाटन गर्नुभयो । जेठ २० गते नै उद्धघाटन भएको कार्यालयको सेवा अझै सुरु नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

गोलञ्जोर गाउँपालिका–७ खुर्कोटका वडाअध्यक्ष रेगनराज थापाका अनुसार कार्यालयको सबै बैङकिङ् काम कुमारी बैँक मार्फत गर्ने सहमती भएको र खुर्कोटमा कुमारी बैँकको शाखा नहुँदा कार्यालयको काम सुरु हुन नसकेको हो । अब छिट्टै कुमारी बैँकको शाखा खुर्कोटमा खुलेपछि यातायात व्यवस्था कार्यालयले आफनो सेवा सुरु गर्ने जानकारी आफुले पाएको वडाअध्यक्ष थापाले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालय खुर्कोटले सेवा प्रवाह सुरु गरेपछि यातायातका साधनको नवीकरण, लाइसेन्स नवीकरण लगायतका काम खुर्कोटबाटै हुुने छ । सिन्धुली, रामेछाप, ओखलढुंगा, दोलखा र सोलु लगायतका पूर्वी पहाडी जिल्लाका सेवाग्राही यातायात व्यवस्था कार्यालय खुर्कोटबाटै सेवा पाउने अपेक्षमा छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार