रामेछाप ठोसेको एकानफेदीमा बाढीले ५ घरगोठ बगायो

रामेछाप ठोसेको एकानफेदीमा बाढीले ५ घरगोठ बगायो

अविरल वर्षापछि आएको बाढीले रामेछापको गोकुलगंगा २ ठोसेको एकानफेदीमा ३ घर बगाएको छ । घर, भान्सा र चौपाय बाढीले बगाएपछि ती घरमा बसोबास गर्नेलाई अन्यत्र सारिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बिहीबार अपराह्न परेको पानीले स्थानीय ठाडो खोलाहरुमा बाढी आएको थियो ।

बाढीले स्थानीय सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको घर बगाएको छ । बाढीले स्थानीय धनलक्ष्मी गुरागाईं र हरिमाया खत्रीको गोठ र भान्सा बगाएको छ । बाढीका कारण एकानफेदीदेखि चुचुरको शिवालयतर्फ जाने सडक अवरुद्ध छ । बाढीग्रस्त क्षेत्रमा संचारसमेत विच्छेद भएकोले थप क्षतिबारे जानकारी आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार