बैंकिङ कसूर मुद्दामा फरार रामेछापका बुढाथोकी पक्राउ

बैंकिङ कसूर मुद्दामा फरार रामेछापका बुढाथोकी पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)ले कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र ४२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

बुढाथोकीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी सेञ्चुरी बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार