बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा रामेछापमा बीमा प्रति किसानको आकर्षण बढेन

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा रामेछापमा बीमा प्रति किसानको आकर्षण बढेन

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति रामेछापका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ । बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम प्रति आकर्षित नभएका हुन् ।

बीमा गर्दा विमाङ्कको ८० प्रतिशतसम्म सरकार र बाँकी २० प्रतिशत किसानले बेहोर्नु पर्छ । कृषि बीमाका लागि बीमा कम्पनीलाई आग्रह गरेपनि चासो नदिने गरेको किसानको गुनासो छ । बीमा सम्झौतासम्मको समय सिमा भित्रै किसानलाई क्षति भएमा बीमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने गर्छ । तर क्षतिपूर्तिको रकमका लागि किसानले पाउने रकमभन्दा बढी खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रिया रहेको किसानले गुनासो गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार