विद्यालय पोशाक मौसममैत्री नभएकोमा रामेछापका शिक्षक–विद्यार्थीको गुनासो

विद्यालय पोशाक मौसममैत्री नभएकोमा रामेछापका शिक्षक–विद्यार्थीको गुनासो

विद्यालय पोशाक मौसममैत्री नहुँदा समस्या भएको रामेछापका शिक्षक र विद्यार्थीहरूले गुनासो गरेका छन् । खासगरि जाडोयाममा विद्यालयले निर्धारण गरेको पोशाक लगाउँदा चिसो नै नथेग्ने उनीहरूको गुनासो छ । विद्यालयलाई सामुदायिक र संस्थागतमा वर्गीकरण गरिए पनि विद्यार्थी र शिक्षकले लगाउने पोशाक भने सबै विद्यालयमा लगभग मिल्दोजुल्दो छ ।

विद्यालयमा छात्रका लागि सर्ट पाइन्ट र छात्राका लागि सर्ट, फ्रक वा पाइन्ट अनि स्वेटर वा कोट र छालाका जुत्ता तोकिएको छ । तर, चिसो धेरै भएका बेला बाक्लो ज्याकेट र कपडाको जुत्ता लगाउन नपाउँदा गाह्रो हुने विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीका लागि मात्र नभइ शिक्षकका लागि तोकिएको पोशाकसमेत मौसममैत्री नभएको गुनासो छ ।

विद्यालयको पोशाक व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई छ । धेरै जाडो र गर्मी हुँदा विद्यालय बिदा गर्ने गरिएको छ । तर, यस्तो बिदा बाहेकका दिनमा विद्यालय जाने विद्यार्थी र शिक्षकलाई मौसम अनुसारको पोशाक निर्धारण गर्नुपर्ने विद्यार्थी र शिक्षक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार